अर्थ

वित्तीय स्रोत सबैका लागि समानरूपमा पहुँचयोग्य हुनुपर्छ :गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले देशको वित्तीय प्रणाली सीमित व्यक्तिहरूको पहुँचमा मात्र सीमित हुनु नहुने स्पष्ट पारेका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी संघको ३२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सबै वर्गका नागरिकले वित्तीय स्रोतमा समान पहुँच पाउनु पर्नेमा जोड दिए।

ूवित्तीय क्षेत्रको उद्देश्य सम्पन्न र विपन्नबीचको खाडल घटाउने हुनु पर्छ, गभर्नर पौडेलले भने, हामी सबै नेपालीका लागि समान आर्थिक अवसर सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्छ।

उनका अनुसार हाल देशको बैंकिङ प्रणालीमा झण्डै १८ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति र करिब ६८ खर्ब रुपैयाँ निक्षेप रहेको छ। यस्ता महत्वपूर्ण वित्तीय स्रोतहरू केही सीमित समूहको मात्र पहुँचमा पुगे अर्थतन्त्रले समावेशी गति लिन नसक्ने उनको धारणा छ।

ूसाना तथा मझौला उद्यम र कृषि क्षेत्रमा खराब कर्जा बढेको भन्ने आवाज उठिरहेको छ,ू पौडेलले भने, ूयस विषयलाई गम्भीर रूपमा विश्लेषण गर्न थालेका छौं। बैंकिङ प्रणालीमा प्रविधिको प्रयोग बढ्दै गएको भए पनि त्यसको लाभ साना वर्गले पनि लिनसक्ने व्यवस्था गर्नुपर्ने पौडेलको भनाइ छ। नयाँ चुनौतीहरूबीच समावेशी र समान वित्तीय पहुँच कायम गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा पूर्वकर्मचारी संघका अध्यक्ष आश्विनी कुमार ठाकुरले ब्याजदर मौद्रिक नीतिको प्रभावकारी उपकरण भएको उल्लेख गर्दै यसमा सरकारले होइन, केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने धारणा राखे। उनले नेपाल–भारत विनिमय दरको विषय गोप्य रणनीतिबाट समाधान गर्नुपर्ने सुझावसमेत दिए।

ठाकुरले राजस्व र मौद्रिक नीतिबीच सन्तुलन कायम नगरे देशको अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने चेतावनीसमेत दिए।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *