अर्थ

काठमाडौं महानगरपालिकाको बेरुजु शीर्षस्थानमा

काठमाडौं । देशका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरपालिकाको देखिएको छ भने सबैभन्दा कम बेरुजु विराटनगरमा देखिएको छ। महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

कहाँ कति बेरुजु ?

काठमाडौं महानगर (मेयर बालेन साह)
बेरुजु — ६८ करोड २ लाख
लेखा परीक्षण — २७ अर्ब ५२ करोड
प्रतिशत — २.४७५ (अधिकतम रकममा)

पोखरा महानगर (मेयर धनराज आचार्य)
बेरुजु — ५० करोड ४३ लाख
लेखा परीक्षण — १३ अर्ब ४६ करोड
प्रतिशत — ३.७४५ (अधिकतम प्रतिशतमा)

वीरगञ्ज महानगर (मेयर राजेशमान सिंह)
बेरुजु — २२ करोड ७५ लाख

भरतपुर महानगर (मेयर रेनु दाहाल)
बेरुजु — १० करोड २ लाख

ललितपुर महानगर (मेयर चिरीबाबु महर्जन)
बेरुजु — ५ करोड ५५ लाख
प्रतिशत — ०.५२ प्रतिशत

विराटनगर महानगर (मेयर नागेश कोइराला)
बेरुजु — २ करोड ८ लाख ५७ हजार
लेखा परीक्षण — ६ अर्ब ४४ करोड
प्रतिशत — ०.३२ प्रतिशत (सबैभन्दा कम)

महालेखा परीक्षकको रिपोर्टअनुसार, खर्च पारदर्शिता र वित्तीय अनुशासनको दृष्टिले काठमाडौं र पोखरामा सुधारको खाँचो देखिएको छ, जबकि विराटनगरले तुलनात्मक रूपमा राम्रो वित्तीय व्यवस्थापन देखाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *