
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने पुरानो दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। व्यवसायीहरूलाई केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत भएको उनले स्पष्ट पारे।
बुधबार काठमाडौंमा ‘संघीयताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रले रोजगारी सिर्जना, लगानी विस्तार, राजस्व वृद्धि र सेवा प्रवाहमा ठूलो योगदान दिएको बताए।
ूनिजी क्षेत्र नाफामात्रै सोच्ने भन्ने धारणालाई अब परिवर्तन गर्नुपर्छ,उनले भने, राज्यका तीनै तह — संघ, प्रदेश र स्थानीय — ले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न बजेटमा प्राथमिकता दिनुपर्छ। उनले लगानीमैत्री वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै निजी क्षेत्रको योगदानलाई समावेशी रूपमा स्वीकार्न आग्रह गरे।