काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा पुगेको छ। यो २.३८ प्रतिशतको उल्लेखनीय वृद्धि हो।
आज नेप्सेमा कारोबार रकम पनि बढेर साढे १० अर्ब रुपैयाँ नाघेको छ। तीन सय आठ कम्पनीका २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता शेयर ९९ हजार ३ सय ५ पटक किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह ५.४७ प्रतिशत र जलविद्युत् समूह ३.१३ प्रतिशतले बढेको छ। बैंकिङ २.९७, विकास बैंक २.४०, होटल तथा पर्यटन १.५9, लगानी ०.८१ र जीवन बीमा समूह २.४४ प्रतिशतले बढेका छन्।
त्यसैगरी, उत्पादन तथा प्रशोधन १.१८, लघुवित्त २.२४, म्युचुअल फण्ड ०.५७, निर्जीवन बीमा २.६७, व्यापार ०.५३ र अन्य समूह २.५३ प्रतिशतले बढेका छन्।
नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.५० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको ५९ करोड २० लाख ९६ हजार ८ सय २६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा सिङ्गटी हाइड्रोइनर्जी लिमिटेडको १४ लाख २६ हजार ३ सय ७९ कित्ता शेयर खरिदबिक्री भएको छ।




