काठमाडौं । नेपाल राष्ट्र बैंकले नियमन निकाय उल्लंघन गरेको भन्दै पाँच वाणिज्य बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासको समीक्षा आधारमा राष्ट्र बैंकले यस्तो कदम चालेको हो।
राष्ट्र बैङकको कारबाहीमा परेका पाँच वाणिज्य बैङ्कहरु यस्ता छन् ः
१. स्ट्यान्डर्ड चार्टर्ड बैंक
– कृषि, ऊर्जा, साना तथा मझौला व्यवसाय क्षेत्रमा तोकिएको कर्जा अनुपातमा लगानी नगरेको
– १४ करोड ८५ लाख २५ हजार रुपैयाँभन्दा बढी नगद जरिवाना
२. राष्ट्रिय वाणिज्य बैंक
– कर्जाको वर्गीकरण, नोक्सानी व्यवस्थापन, जोखिम मूल्यांकनमा लापरवाही
– प्रमुख कार्यकारी अधिकृतलाई चेतावनी
३. नेपाल बैंक
– वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी
– तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप
– ५ लाख रुपैयाँ जरिवाना
४. कुमारी बैंक
– निष्क्रिय कर्जा वर्गीकरण नगरेको, न्यूनतम नोक्सानी व्यवस्था नगरेको
– प्रमुख कार्यकारी अधिकृतलाई सचेतना
५. लक्ष्मी सनराइज बैंक
– संस्थापक सेयरधनीलाई अनधिकृत रूपमा कर्जा प्रवाह
– निर्देशनको अपव्याख्या गर्दै दीर्घकालीन कर्जा प्रवाह
– जोखिम व्यवस्थापनमा कमजोरी
– प्रमुख कार्यकारीलाई चेतावनी र निर्देशन उल्लंघनको कारबाही
नेपाल राष्ट्र बैंकले स्पष्ट रूपमा नियमन, नीति तथा निर्देशन नमान्ने बैंकहरूलाई यथोचित कारबाही गर्ने जनाएको छ ।




