अर्थ

पाँच वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पाँच वटा वाणिज्य बैंकमाथि डण्डा चलाएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियम मिच्ने पाँच वाणिज्य सीईओहरुलाई सचेत गराउनेदेखि बैंकमाथि जरिवानासम्मको डण्डा चलाएको हो ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराइएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि यस बैंकलाई जरिवाना तिराइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *