अर्थ

स्वरोजगार लघुवित्तको वैशाख २९ गते वार्षिक साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?

काठमाडौ। स्वरोजगार लघुवित्त वित्तीय संस्थाको वैशाख २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा गत वर्षको नाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारण सभा प्रयोजनका लागि यसले वैशाख ११ गते बुक क्लोज गर्नेछ । वैशाख १० गते बुधबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

कम्पनीले एफपीओ बिक्रीपछि कायम चुक्ता पुँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्न लागेको हो ।

तसर्थ, एफपीओ पाएका लगानीकर्ताले पनि प्रस्तावित बोनस सेयर पाउनेछन् । बोनस सेयर वितरणपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने प्रस्ताव छ ।

यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *