
काठमाडौं । उपभोक्ताका लागि सस्तो खबर१ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ। नयाँ मूल्य बुधबार (भोलिदेखि)देखि लागू हुनेछ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतबाट आयात हुने इन्धनको मूल्य घटेकाले त्यसअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको जानकारी दिएको छ।
इन्धनको अन्तर्राष्ट्रिय मूल्य घट्दै जाँदा उपभोक्ताले राहत पाउने क्रम जारी छ। निगमले मूल्य समायोजनलाई नियमित प्रक्रिया भएको जनाएको छ ।