अर्थ

सुन चाँदी दुबैको घटयो मुल्य

काठमाडौं।  निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्यमा आज भने घटेको छ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। जो हालसम्मकै उच्च मूल्य थियो ।आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *