अर्थ

नयाँ वर्षमा पनि सडकमा शिक्षक आन्दोलनको नारा अझै !

काठमाडौं । विद्यालय शिक्षा ऐनको मुख्य माग लिएर आन्दोलन गरिरहेका शिक्षकहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन् । यसअघिका सहमति पूर्णपालना गर्नुपर्ने, यथाशीघ्र ऐन जारी गर्नुपर्ने भन्दै चैत २० देखि उनीहरू माइतीघर–बबरमहल क्षेत्रमा ‘निर्णायक’ आन्दोलनमा होमिएका छन् । माग पुरा नभई उनीहरु सडकबाट घर नफर्के दाउमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि नै आवश्यक मागलाई सहमति र सहकार्यको माध्यमबाट समाधान गर्न सरकार तयार रहेको जनाइसकेका छन् तर पनि उनीहरु सडक आन्दोलनमा नै रुमलिएका छन् ।

नयाँ साल आयो विद्यालय फर्कने तयारीमा लाग्दा राम्रो हुने स्थानीय सरकारका कर्मचारीले बताउँदै आएका छन् । उनीहरुको माग सम्बोधनमा सरकार कसरी अघि बढ्ने हो र शिक्षकहरुको आन्दोलन कसरी स्थगित हुने हो ? यो प्रश्न चिह्न खडा भएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *