अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड: आज एकैदिन तोलामा ३ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं।नेपाली बजारमा सुनको मूल्यमा आज अप्रत्याशित वृद्धि भएको छ। आज तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर सुनले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार, शुक्रबार छापावाल सुनको कारोबार मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँ पुगेको छ। यसअघि, बिहीबार सुन तोलाको एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। महासङ्घले जनाएअनुसार, आज चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको कारोबार मूल्य एक हजार ९ सय रुपैयाँ थियो।

सुन र चाँदी दुवैको मूल्यमा भएको यो भारी वृद्धिले बजारमा तरलता र लगानीको वातावरणलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *