अर्थ

नेको इन्स्योरेन्सको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौ। नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आजअन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।  यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *