अर्थ

बारामा चट्याङकाे आगलागीमा परेर २० लाखकाे कुखुरा फार्म धव्स्त

कलैया । बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी बाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षती भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *