अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १५.१८ अंकले बढेको छ । यससँगै सूचक २६८१.८० विन्दुमा आएको छ । १५ लाख ९९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६९ कम्पनीको ४ हजार २९९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८७ वटा कारोबार भएको हो । ३८ कम्पनीको मूल्य बढ्दा २९ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *