अर्थ

नेपाल पुनर्बीमा कम्पनीको बल्ल आयो चौथो त्रैमासको वित्तीय विवरण, कस्तो छ प्रदर्शन ?

काठमाडौं।  नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिका कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २७.४० प्रतिशत थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ३.९२ प्रतिशत घटेर ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ९ अर्ब ८८ करोड रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेको थियो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४.४४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ  लगानी तथा कर्जाबाट आम्दानी आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ रहेको नेपाल रिको रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ जम्मा छ । यसको प्रतिसेयर आम्दानी पनि घटेर ८ रुपैयाँ ४३ पैसामा झरेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १७ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *