अर्थ

वीरगञ्ज भन्सारबाट आयातमा वृद्धि: ३९ अर्बले बढ्यो आयात, पेट्रोलियम शीर्ष स्थानमा

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ११.४० प्रतिशत अर्थात् रु ३९ अर्ब ९२ करोड बढी हो । गत आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरको सामान भित्रिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेका अनुसार पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि भएको छ ।

चालु आवको आठ महिनामा रु एक खर्ब २२ अर्ब २० करोडको पेट्रोलियम पदार्थ, रु २९ अर्ब २९ करोडको भटमासको कच्चा तेल, रु २२ अर्ब ५१ करोडको फलाम तथा फलामका सामग्री, रु २१ अर्ब ६७ करोडको मेसिनरी तथा पार्टपुर्जा र रु ११ अर्ब ६८ करोडको यातायातका सवारीसाधन आयात भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *