अर्थ

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सयले बढेर तोलाको एक लाख ७३ हजार ५ सयमा कारोबार भईरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १० रुपैयाँले बढेर १९९० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको १९८० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *