अर्थ

सुनको मुल्य तोलामा आठ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ सयले घटेर तोलाको एक लाख ७३ हजार ३ सयमा कारोबार भईरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ७४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी १९८० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १९८० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *