अर्थ

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौ । नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २१ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
सभा नेपाल एपीएफ क्लब हकचोक, काठमाडौंमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *