अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २८७७.२२ विन्दुमा आएको छ । ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो । ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *