काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेल बजारमा तीन दिने प्रथम राष्ट्रिय बाँस सम्मेलन आजबाट सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रियसन ललितपुरको आयोजनामा बिहीबारदेखि सुरु भएको हो । सो सम्मेलनको उद्घाटन् वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर गरेका थिए । उदघाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले आगामी आर्थिक वर्षदेखि कोशी प्रदेश र खोटाङलाई केन्द्र बिन्दुमा राखेर बाँससँग सम्बन्धित राष्ट्रिय नीति, निर्माण गरिने र आफ्नो मन्त्रालयमा बाँसजन्य फर्निचरका सामाग्रीहरु प्रयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो सम्मेलनमा राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरबाट समेत प्रतिनिधिहरुले सहभागिता जनाएर बाँसको उपयोगिता र भविष्यको बारेमा समेत आ–आफ्ना धारणा राखेका छन् ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित तीनदिनसम्म चल्ने सम्मेलनमा बाँससँग सम्बन्धित नीति, निर्माण, खेति विस्तार, उद्यम विकास, वजारीकरण लगायतका विषयमा समानान्तर रुपमा ९ सत्रमा ४४ जना विशिष्ट व्यक्तित्वबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले जानकारी दिए । सम्पूर्ण कार्यपत्रको निचोडसहित खोटाङले घोषणापत्र जारी गरेर बाँस सम्मेलन समापन गरिने मेयर भट्टराईले बताए ।
कबर्डहलभित्र बाँससँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने र नजिकै रहेको माटिकोरे खेलमैदानमा बाँसजन्य फर्निचरका विभिन्न स्टलहरु राखिएको छ। आयोजकका अनुसार जिल्ला बाहिरका २८ वटा र जिल्लाभित्रका २३ वटा स्टलहरु रहेका छन्। स्टल राख्न बाँसकै खम्बा र चित्रा प्रयोग गरिएको छ। स्टल नजिकै बाँसकै लिङगे पीङ समेत निर्माण गरिएको छ।
कार्यक्रमस्थलभन्दा अगाडी मुख्य मुख्य चोकमा बाँसको गेट, कार्यक्रमस्थलमा बाँसकै पोडिएम, बाँसको मान्द्रोको ब्यानर, बाँसकै मन्च, बाँसबाट बनेका कुर्सी, आराम कुर्सी, डाला, थुन्से, फिपी लगायत सयौँ आकर्षक फर्निचर सामाग्रीहरु पदर्शनका लागि राखिएको छ । सम्मेलनभर जिल्ला बाहिरबाट बाँसजन्य क्षेत्रमा काम गरिरहेका ३०० जना विज्ञहरुको उपस्थिति रहने जनाइएको छ । सम्मेलन उद्घाटन अघि दिक्तेलबजारमा प्रभातफेरी निकालिएको थियो। बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख र बाँसका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले ४२ लाख बराबरको जिन्सी सामाग्रीहरु सहयोग गर्नेछन्। नगरपालिकाभित्र विभिन्न १३ किसिमका बाँसहरु पाइने जनाइएको छ ।
‘बाँस संरक्षण तथा खेती विस्तार र उद्धम विकासमा देखिएका नविनतम प्रविधिहरूको बारेमा प्रचारप्रसार गर्ने उद्देश्य र बाँसलाई उद्योगधन्दासँग जोडर रोजगारीको विकास गर्ने सिपको पहिचान विश्वबजारसम्म पु¥याउन लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको मेयर भट्टराईले बताए । मेयर भट्टराईका अनुसार बाँसको प्रवर्द्धन गर्न नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेर स्थानीय किसानलाई प्रोत्साहन गरिएको छ । सम्मेलनमा दिक्तेलमा बाँस र उपयोगदेखि जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलतामा बाँसको भूमिकालगायत ११ वटा विषयगत छलफल हुने मेयर भट्टराईले बताए । नेपाली कांग्रेसबाट निर्वाचित मेयर तिर्थराज भट्टराईले बाँसको महत्व र उपयोगिताका बारेमा राष्ट्रियदेखि अन्तराष्ट्रियस्तरमा समेत प्रचारप्रसार गर्दै आएका छन् ।सो विषयलाई सम्पूर्ण नेपालीले सकरात्मक सन्देशका रुपमा लिएका छन् । वातावरण प्रदुषण रोक्न र बजारमा प्लाष्टिक ब्याकको सट्टामा बाँसका सामागी समेत प्रयोग गर्न सकिन्छ ।
नेपालमा स्थानीय स्तरमा बाँस मुख्यतया दुई जातको पाइन्छ। जसमा९बाँस, निगालो र कतै मालिङोसमेत समेटिएको छ। उनका अनुसार नेपालमा ५२ प्रजातीका बाँस पाइन्छ । नेपालमा मात्र नभएर विश्वको कूल जंगलको क्षेत्रफल मध्ये बाँसले मात्र ३.२ प्रतिशत अर्थात ३६ करोड हेक्टर क्षेत्रफल ओगटेको छ भने विश्वका करिब २.५ अरब मान्छेले बाँसबाट बनेको सामग्री उपभोग गर्दै आएका छन् ।
https://www.facebook.com/agrotimes/videos/997544932290829
कलाको शान, आत्मासम्मान र विश्वमा नेपालको पहिचान
प्रथम राष्ट्रिय बाँस सम्मेलन खोटाङमा राखिएका बाँसबाट निर्मित कलात्मक सामाग्राीहरु :



























