काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।




