अर्थ

घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँले घटेर चाँदीको मूल्य १९९० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *