अर्थ

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

आज सुन तोलामा ५ सयले बढेर तोलाको एक लाख ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस अघि बुधबार सुन तोलाको एक लाख ७० हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *