अर्थ

सुन र चाँदीको मूल्यमा वृद्धि: आज छापावाल सुनको मूल्य १ लाख ६९ हजार ८०० रुपैयाँ

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ।

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *