अर्थ

सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?

काठमाडौं ।नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार सात सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भएको हो।

मूल्य घटेसँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो।

मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *