अर्थ

नेपाली बजारमा सुनको मूल्य १ लाख ७० हजार नाघ्यो, अमेरिकी ‘ट्रेडवार’ का कारण वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार नाघेको छ।

आज ६ सय रुपैयाँ बढेसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो।

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ। त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो। हाल भन्सार दर १० प्रतिशत छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *