अर्थ

सुन तोलाको १ लाख ७० हजार नजिक

काठमाडौं ।नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो।

चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ। अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *