अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा फेरि सुनको भाउ बढ्न थालेको छ । आज (बिहीबार) पनि सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *