अर्थ

सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने

काठमाडौं । सेयर बजार बुधवार र बिहीबार बन्द हुने भएको छ ।

आज बुधवार माघ १६ गते शहिद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होसार परेकाले सरकारले सार्वजनिक बिदा दिएको हो । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *