अर्थ

तोलाको १ हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा आज सुन तोलको १ हजारले बढेको छ। अघिल्लो दिन तोलामा ४ सय रुपैयाँ घटेको सुन आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८८० रुपैयाँ तोकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *