अर्थ

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एघार सय रुपैयाँले बढेर १ लाख ५८ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *