अर्थ

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।

गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *