अर्थ

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ।आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ ।

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *