अर्थ

आय विवरण दाखिला गर्ने म्याद थपियो

काठमाडौं । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला गर्ने म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै आगामी पौष मसान्तसम्म म्याद थप गरेको जानकारी दिएको हो ।

‘वार्षिक कारोबार एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूले आ.व.२०८०/०८१ को आय विवरण पेश गर्ने म्याद थप माग गरेमा आन्तरिक राजस्व विभागको इन्टरेटेड ट्याक्स सिस्टमबाट अटोमेटिकल्ली २०८१ पौष मसान्तसम्म म्याद थप हुने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *