अर्थ

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको छ ।