अर्थ

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यस सँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सरकारले सुन तथा चाँदीमा लाग्ने भन्सार महसुल दर घटाए पछि सुनको भाउ घटेको हो । आइतबार प्रतितोला १ लाख ६७ हजार २०० रूपैयाँमा कारोबार भएको सुन सोमबार तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै, चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८ सय ४५ रुपैयाँ रहेको चाँदी यस दिन १८ सय २० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *