काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अपराध र पापको भारी बोक्ने प्रतिस्पर्धा चलेको बताएका छन् ।
बुधवार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्ती थापाले पार्टीको नाम स्वतन्त्र भए पनि कसले सभापतिको पक्षमा बढी ताली बजाउने भन्ने प्रतिस्पर्धा चलेको बताएका हुन् ।
सहकारी छानबिन समितिले रविलाई कारबाहीको सिफारिस गरेको छ । तर रास्वपाका सभापतिले आफुले सहकारी ठगीमा समितिद्धारा सफाइ पाएको भन्दै रास्पाका सम्पूर्ण सांसदहरुको रविको बचाउनमा लागेपछि महामन्त्री थापाले यस्तो बताएका हुन् । समितिका सभापति सुर्य थापाले रविमाथि रकम अपचलन गरेको अभियोगमा कारबाही हुने बताएका छन् । आफूहरूसँग हिजो राजनीतिक सहकार्य गरेर गएकाहरू सत्यको उजागर भन्दा पनि रविको पक्षपोषणमा लागि परेको कटाक्ष उनको थियो । रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले र सांसद शिशिर खनाललाई लक्षित गरेर महामन्त्री थापाले कटाक्ष गरेका हुन् । उनीहरु सभापतिको बचाउमा अक्सिजन बनेर लागेका छन् ।
महामन्त्री थापाले पार्टीको नाम स्वतन्त्र भएको तर दोषका बारेमा सबैले निर्देाष बोलेको बताए । सहकारी छानबिन समिति सदस्यको रूपमा काम गरेका सांसद शिशिर खनाललाई छट्टुको संज्ञा दिए । ‘नाम नलिई भन्दा मेरो पार्टीको श्रद्धेय सभापतिले किर्ते गर्नुभएकाले किर्तेमा मुद्दा चलाउनु पर्छ‚ सभापतिले ठग्नुभएकाले ठगीमा मुद्दा चलाउनुपर्छ भनेर लेखेर सिच्नेचर गर्नुहुन्छ‚’ उनले भने‚ ‘अनि छट्टु भन्ने कि नभन्ने अनि बाहिर आएर राम्रोसँग काम गरेर आएँ । तपाईँलाई एउटा पनि दोष लागेको देखिएन तपाईँ क्लिन हुनुहुन्छ भनेपछि ताली बज्छ ।’महामन्त्री थापाले रास्वपाका सांसदहरुले नै घुमाउँरो पारामा सभापतिले ६५ करोड हिनामिना गरेको बताइसकेको बताए ।
यस्तै महामन्त्री गगन थापाले सहकारीको सदस्य नभए पनि सहकारीको रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारबाही हुने बताएका छन् । दर्जनौँ सहकारीलाई ठगी गरेको गोरखा मिडियामा गएको रकम दुरुपयोग भएकाले छानबिन समितिले लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको बताए ।संसदीय छानबिन समितिका सदस्यहरूका अनुसार, सहकारीबाट रकम निकाल्ने क्रममा लामिछानेको संलग्नता देखिएको छ । तर, सहकारीबाट आएको रकम चलाउने क्रममा उनको संलग्नता रहेको पाइएको छ ।



