अर्थ

फेरि बढ्यो अन्डाको भाउ, शुक्रबारदेखि लागू हुने

काठमाडौं।पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागू हुने गरी फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।

लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो।

अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय भएको छ।

यसअघि भदौ ८ मा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५ तय गरेको थियो।

यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *