अर्थ

नेप्से परिसूचक दोहोरो अंकले बढेपछि बन्द

काठमाडौं । साताको पहिलाे दिन आज (आइतबार) प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १३.७० अंकले बढेर २७८०.०८ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स २.५२ अंकले बढेको छ ।

यो समयमा ११३ स्टक्सको ७२ हजार २०३ कित्ता सेयर ३ करोड ९४ लाख ६८ हजार १३३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ७२ स्टक्सको मूल्य बढ्दा २२ वटाको घटेको छ । बाँकी १८ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *