अर्थ

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

काठमाडौं।आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

मङ्गलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज प्रतितोला ६५ रुपियाँ घटेर १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *