अर्थ

सामान्य बढेको बजारमा १३ अर्ब ९१ करोडको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव १५ अंकले बढेर २,४८८ को विन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ८ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि शुलभ फण्डका इकाईधनीले ७ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका हुन् ।

बजार झिनो अंकले मात्रै उचालिंदा बैंकिङ, विकास बैंक, होटल, लगानी, लघुवित्त र निर्जीवन बीमा कम्पनी भने घटेका छन् । आज उत्पादनमूलक समूह सबैभन्दा बढी २.१६ प्रतिशतले बढेको छ ।साताको पहिलो दिन हिजो आइतबार बजार ६१.६१ ऋंकले बढ्दा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९०.९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालयन रिइन्स्योरेन्सः ३६ करोड ९३ लाख रुपैयाँ
शिवम सिमेन्टः ३४ करोड ७८ लाख रुपैयाँ
कुमारी बैंकः २८ करोड १८ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः २५ करोड ६३ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः २४ करोड ९९ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः २३ करोड ८५ लाख रुपैयाँ
लक्ष्मी सनराइज बैंकः २१ करोड ४१ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड ४१ लाख रुपैयाँ
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २० करोड ४२ लाख रुपैयाँ
प्रभु बैंकः १९ करोड ८६ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *