काठमाडौं । आज पनि शेयर बजारमा उछाल आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २,३६४ दशलमव ६३ को विन्दुमा कायम भएको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनको २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिंगटी हाइड्रोका लगानकिर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आँखुखोला जलविद्युतका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशलमव ९० प्रतिशतका दरले गुमाएका हुन् ।
साताको पहिलो दिन आइतबार बजार ५२.९७ अंकले बढ्दा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २०.८७ रुपियाँ, सोमबार १७.१८ अंकले बजार घट्दा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७.१५ रुपियाँ र हिजो मंगलबार बजार ७०.१८ अंकले बढ्दा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२।४१ रुपियाँ बराबरको कारोबार भएको थियो ।
आज उच्च कारोबार भएका १० कम्पनी
सिंगटी हाइड्रोः २३ करोड ५५ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ७१ लाख रुपैयाँ
सोनापुर मिनरल्सः २० करोड ३५ लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः २० करोड २७ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १९ करोड ४४ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १९ करोड ४३ लाख रुपैयाँ
माउन्टेन इनर्जीः १९ करोड ४२ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १९ करोड ६ लाख रुपैयाँ
शाइन रेसुंगा डेभलपमेन्ट बैंकः १६ करोड ४५ लाख रुपैयाँ
सोल्टी होटेलः १६ करोड १४ लाख रुपैयाँ





