अर्थ

रसुवाको राजस्व २० अर्ब ३६ करोड

रसुवा।जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताए ।

यो राजस्व गत वर्षको तुलनामा दुई दशमलव चार गुनाले वृद्धि भएको हो । सबैभन्दा बढी राजस्व आर्जन गर्ने कार्यालयमा रसुवा भन्सार कार्यालय रसुवागढी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *