अर्थ

शेयर बजारमा ७० अंकको बृद्धि हुँदा करोबार रकम ९ अर्ब १२करोड नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि पुगेको छ । लगातार बढिरहेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो ।

यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो ।मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुदाँ ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घटेकाे छ ।

अघिल्लो दिन सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो ।

मंगलबार सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ ।

आज हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।

त्यसैगरी आज मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहे । लगानीकर्तामा ऋणपत्र बेचेर सेयरमा लगानी गर्ने चाहना बढ्दा धेरै ऋणपत्रको मूल्य घट्न पुग्यो । एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घट्यो । माण्डु हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।

कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हाजर रूपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

आज उच्च कारोबार भएका १० कम्पनी

ङादी ग्रुप पावरः २१ करोड ७७ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड २७ लाख रुपैयाँ
अपी पावरः १७ करोड ९३ लाख रुपैयाँ
जानकी फाइनान्सः १७ करोड १७ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः १६ करोड ७५ लाख रुपैयाँ
सिंगटी हाइड्रोः १५ करोड ६ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १३ करोड ६३ लाख रुपैयाँ
माउन्टेन इनर्जीः १३ करोड ५५ लाख रुपैयाँ
घलेम्दी हाइड्रोपावरः १३ करोड ३० लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः १२ करोड ७० लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *