अर्थ

शेयर बजारमा दोहारो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.४४ अंकले बढेको हो । ०.५० प्रतिशतले बजार घट्दा नेप्से २०६८.३१ अंकमा झरेको छ ।बजार घटे पनि आज वित्त र म्युअल फण्ड क्रमशः १.८२ र ०.१३ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए ।

आज ३०६ कम्पनीका ८६ लाख ६३ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९ सय ३.३४ रुपियाँ बराबरको कारोबार भएको हो ।

कालीका लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.७१ प्रतिशतले नाफा कमाएका छन् भने कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज माउन्टेन इनर्जीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड १४ लाख ८४ हजार ८ सय १४.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार १७.०४ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१.८५ रुपियाँ, मंलबार १८.७६ अंकले बजार घट्दा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४.३२ रुपियाँ र हिजो बुधबार २.२७ अंकले बजार बढ्दा ३ अर्ब ४० करोड, ४३ लाख ७२ हजार ६ सय ३२.६४ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने बकर इदको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *