अर्थ

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन १ लाख ४१ हजार ६०० मा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ छ ।

चाँदीको मूल्य शुक्रबार तोलमा १० रुपैयाँले घटेको छ । बिहीबार तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *