अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८८ रुपैयाँ ९२ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६९ पैसा छ ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *