काठमाडौं । आज शेयर बजारमा सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २२ अंकले बढेर २,०८५ को विन्दुमा कायम भएको छ । आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयर मूल्य घटेको छ ।
आज ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्तका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ५१ प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च कारोबार भएका १० कम्पनी
सीईडीबी हाइड्रोपावरः २० करोड ९२ लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड ९८ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ८२ लाख रुपैयाँ
युनाइटेड अजोड इन्स्योरेन्सः ११ करोड ७९ लाख रुपैयाँ
ग्लोबल आइएमई लघुवित्तः १० करोड ९० लाख रुपैयाँ
हिमालयन लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
विजय लघुवित्तः ८ करोड ८४ लाख रुपैयाँ
पोखरा फाइनान्सः ७ करोड ९५ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ६ करोड २९ लाख रुपैयाँ
माथिल्लो मैलुङ खोला जलविद्युतः ५ करोड ९३ लाख रुपैयाँ





