अर्थ

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ९७ प्रतिशतले घटेर २,०७९ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर खरिदविक्री भएको छ । आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ८५ लाख रुपैयाँ
पोखरा फाइनान्सः १३ करोड ८६ लाख रुपैयाँ
ग्रिन भेन्चरः १२ करोड ४० लाख रुपैयाँ
नेपाल फाइनान्सः १० करोड ७ लाख रुपैयाँ
हिमालयन लघुवित्तः १० करोड ७ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः ९ करोड ५१ लाख रुपैयाँ
मल्टीपर्पस फाइनान्सः ८ करोड ६४ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः ७ करोड २० लाख रुपैयाँ
समृद्धि फाइनान्सः ७ करोड ११ लाख रुपैयाँ
अप्पर लोहोरे खोला हाइड्रोपावरः ६ करोड ७५ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *